• १५:४९ २०८० चैत्र १५ गते
  • 3:49 pm

‘परमादेशबाट बनेको सरकार’ भन्नेहरुलाई रामनारायण बिडारीको कडा जवाफ

प्रकाशित मिति

२०७८ श्रावण १३ गते, बुधबार ०३:२५

rere

१३ साउन, २०७८ काठमाडौँ : राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले ‘परमादेशबाट बनेको सरकार’ भन्दै आएका नेकपा एमालेका सांसदहरुलाई ‘राष्ट्रपतिको किन बेइज्जत गरेको ?’ भनेर प्रश्न गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाटै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको तर्क गर्दै राष्ट्रपतिले संविधानको धारा र उपधारा नै किटेर गरेको नियुक्तिलाई के आधारमा परमादेशको सरकार भनिएको हो भनेर प्रश्न गरे ।


बुधबार राष्ट्रियसभाको बैठकमा उनले केही सांसदले ‘परमादेश’ शब्दको ठुलो बेइज्जत गरेको बताए । उनले ‘परमादेश’ शब्द विश्वमै प्रचलित रहेको र यसका थुप्रै उदाहरण गरेको भए पनि सांसदहरुले यो शब्दलाई गाली गलौजको रुपमा प्रयोग गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘कस्तो देशमा कस्ता मान्छे हामी सांसद भएछौं !’


उनले प्रश्न गरे, ‘परमादेशबाट बनेको सरकार भनेर राष्ट्रपतिको बेइज्जत किन गरेको ? प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिले गरेको हो कि होइन ?’ परमादेशबाटै राष्ट्रियसभाको बैठक चलिरहेको, परमादेशकै कारण प्रतिनिधिसभा ब्युँतिएको, संघीय संसद बनेको, परमादेशबाटै विश्वासको मतको विपक्षमा ८३ मत दिएको, परमादेशबाटै सांसदहरुले सुविधा पाइरहेको उनले प्रस्ट पारे ।


उनले परमादेशबाटै तत्कालीन नेकपा खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र बनेकोतर्फ पनि ध्यानाकर्षण गराए । उनले प्रश्न गरे, ‘यो संघीय संसद सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन गर्ने ठाउँ हो ? संविधानमा त्यही लेख्या छ ?’

प्रतिकृया