• २१:०८ २०८० चैत्र १५ गते
  • 9:08 pm

स्वरुपराजको ‘माया गर्ने मान्छे’ सार्वजनिक (भिडिओ)

प्रकाशित मिति

२०७८ श्रावण १२ गते, मंगलवार १२:५५

song

१२ साउन, २०७८ काठमाडौँ : कोरोना महामारीले सबैभन्दा धेरै मनोरंजन क्षेत्र प्रभावित बन्न पुग्यो। निषेधाज्ञा खुकुलो भए संगै सांगीतिक क्षेत्रमा भने अलिक चहलपहल सुरु हुन थालेको छ। गायकगायिकाले सांगीतिक कोसेली सार्वजनिक गर्न थालेका छन् ।


यसैक्रममा गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल सन्देशको शब्द रचना छ। ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको छ।


दिपेश सापकोटाको निर्देशन रहेको भिडिओलाई बिशालले छायाँकन तथा उज्जवल ढकालले सम्पादन गरेका छन्। भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन्। यसअघि पनि थुप्रै गीतमा स्वर दिइसकेकी अस्मिताले पार्श्वगायन गरेकी छिन् । समेत गरि सकेकी छिन्।

प्रतिकृया