• १२:१९ २०८१ बैशाख ६ गते
  • 12:19 pm

जरायोको सिङसहित ३ जना पक्राउ

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार ०४:४६

pakrau e1627211079827

१० साउन, २०७८ काठमाडौँ : जरायोको सिङ (ओखेटोपहार) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बबई गाउँपालिका–१ गंगटे निवासी २२ वर्षीय जीवन घर्ती र सोही गाउँपालिका–४ हापुरे निवासी ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान शारदा नगरपालिका–४ साइलाकम्दा निवासी २२ वर्षीय विनोद ओलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो।


तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोलामा गत राति १ बजे जरायोको सिङ बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई पक्राउ गरेको प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

प्रतिकृया