फुडमाण्डूमा इसेवामार्फत भुक्तानी गर्दा ३०० रुपैयाँसम्मको छुट पाइने

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार ०४:४४

esewa foodmandu e1627210787204

१० साउन, २०७८ काठमाडौँ : नेपालको सबैभन्दा पहिलो र ठूलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको अग्रणी मोबाइल वालेट इसेवाबीच सहकार्य भएको छ। आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीहरु बीचको यस समझदारीसँगै फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइलवालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन्।


एक कार्यक्रमकाबीच फुडमाण्डू र इसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो। सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन्।


फुडमाण्डूमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रूची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहजहुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले बताए।


उनले भने, ‘हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भइरहेको छ र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरेका छौँ। यसले अब ग्राहकहरुलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ। इसेवाको बृहत नेटवर्कमा भएकाग्राहकहरुले सजिलै फुडमाण्डूबाट खानेकुरा अर्डर गर्न सक्नेछन्, ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर मालीले भने।’


सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरुलाई सजिलो हुने अपेक्षा गरिएको छ। इसेवाका बिजनेस डेभलपमेन्ट हेड अशिष प्रसाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरुलाई घरबाटै भुक्तानी गर्न सहज हुने बताए।


उनले भने, ‘कोरोना भाइरसको महामारीमा मानिसहरुले घरबाटै विभिन्न अर्डरहरुको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डूसँग ठूलो भुक्तानी नेटवर्क भएको इसेवा जोडिन पाउँदा खुशी भएका छौँ। यसले डिजिटल अभियानलाई सहयोग पुर्‍याउने छ।’


इसेवा र फुडमाण्डूको सहकार्यको अवसरमा फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा रु ३०० सम्मको छुट दिने घोषणा समेत गरेको छ।

प्रतिकृया