राज कुन्द्रा : पोर्न भिडियोका लागि युवतीलाई यसरी फन्दामा पार्थे
प्रकाशित मिति
२०७८ श्रावण ८ गते, शुक्रबार ०४:२३

८ साउन, २०७८ काठमाडौँ : म फिल्मका लागि अन्तरंग एवं कामुक दृश्य, ओंठ चुम्ने, कम्मरभन्दा माथि पुरा नग्न दृश्य गर्नका लागि सहमति दिने घोषणा गर्छु । यो दृश्य मैले आफ्नो मर्जी अनुसार गरेकी हुँ । प्रोडक्सन हाउसको दबावमा आएर होइन ।’ यी पक्तीहरु त्यस सम्झौतापत्रको हो, जसमा राज कुन्द्रा पोर्नोग्राफी र्याकेटमा संलग्न सबै युवतीलाई हस्ताक्षर गराउथे । यस र्याकेटको भण्डाफोरपछि प्रहरीले केही सामान्य युवतीहरु पनि पक्राउ गरे ।
यी सबैमा एउटा कुरा समान थियो, उनीहरु कलाकार बन्न चाहन्थे । कलाकार बन्ने लक्ष्यसहित राज कुन्द्रासँग ठोक्किन पुगेका युवतीहरुलाई उनले पार्नोग्राफीको धन्दामा लाग्न बाध्य बनाउथे । युवतीलाई पोर्न भिडियो सुट गराउनुअघि सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाइन्थ्यो । त्यसको एक प्रति इन्डियन टुडेले सार्वजनिक गरेको हो । उक्त सम्झौता पत्रमा यस्तो लेखिएको हुन्थ्यो-
‘मलाई यस कुरामा खुसी छ कि मलाई फ्लिज मुभिजको ब्यानरमा बनिरहेको वेब सिरिज ‘जो दुनियाको एब ठूलो ओटिटी प्लेटफर्ममा सार्वजनिक हुनेछ, त्यसका लागि दश हजार रुपैयाको प्याकेजमा एक कलाकारको रुपमा हस्ताक्षर गरें । छलफल अनुसार त्यसको सुटिङ‘ तारिखबाट हुनेछ । म यस पिफल्मका लागि अन्तरंग कामुक दृश्य गर्नका लागि सहमति दिने घोषणा गर्छु ।
म सहमति दिन्छु कि, यो दृश्य मैले आफ्नो मर्जी अनुसार गरेकी हुँ । म स्पष्ट गर्छु कि प्रोडक्सन हाउसद्वारा कामुक, अन्तरंग, अर्धनग्न वा नग्न दृश्य कुनै फिल्म, वेबसाइट वा ओटीटीमा प्रयोग गर्नका लागि मेरो कुनै आपत्ति छैन । म यसको विरुद्ध कुनै उजुरी गर्नेछैन । धन्यवाद ।’ रोचक त के छ भने, यस सम्झौतापत्रमा कुनै फिल्म वा प्रोडक्सन कम्पनीको दर्ता नम्बर उल्लेख गरिएको छैन । जति रकम युवतीलाई दिने सर्त राखिएको छ, त्यो भिडियोबाट प्राप्त हुने कमाइको तुलनामा एकदमै न्युन हो । प्रहरीका अनुसार यस सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि युवतीले अंग प्रदर्शन गर्न अस्विकार गर्थे ।
तर, उनीहरुलाई धम्की दिइन्थ्यो । उनीहरुले भिडियो सुट गर्नका लागि तयार भएनन् भने सुटिङको तयारीमा लागेको सम्पूर्ण खर्च तिर्नुपर्ने भनिन्थ्यो । यद्यपि यो सम्झौता राज कुन्द्राको कम्पनीको होइन । तर, यो उनको कम्पनी वा कारोबारबाट असम्बन्धित पनि थिएन । किनभने यो धन्दाको सञ्जाल राज कुन्द्राले नै विस्तार गरिरहेका थिए । राज कुन्द्राको कम्पनीले अरु यस्तै कम्पनीसँग पोर्न भिडयो खरिद गरेर युके पठाउथे । त्यहाँ हटशट्स एपमा अपलोड गरिन्थ्यो ।
हटशट्स एपमा रहेको पोर्नोग्राफी सामाग्री हेर्नका लागि दर्शकले सब्सक्रिप्शन लिनुपथ्र्यो । यस एपमा अलोड प्रति भिडियोबाट यसका मेकर्सले भारु दुई–तीन लाख कमाइ गर्थे । जबकि भिडियोमा देखिने युवतीलाई १०–२० हजार दिएर विदा गरिन्थ्यो । कतिपय युवतीले उक्त सम्झौतापत्र नपढी नै हस्ताक्षर गर्थे । उनीहरुलाई थाहा हुँदैनथ्यो कि, कस्तो दृश्य दिन लगाइन्छ । केही दिनपछि युवतीलाई मुम्बईको मड आइल्यान्ड जस्तो स्थानमा बोलाइन्थ्यो । उनीहरुको भिडियो सुट गरिन्छ ।
करिब आधा जति सुटिङ सकिएपछि उनीहरुलाई न्युड सिन दिनका लागि भनिन्थ्यो । जब उनीहरुले यो कुरा अस्विकार गर्थे, तब कानुनी कारबाही गर्ने धम्की दिइन्थ्यो । उनीहरु बाध्य हुन्थे । यसपछि आरोपीले अलग अलग ओटिटी प्लेटफर्म र पोर्न साइटसँग सम्पर्क गरेर अश्लिल फिल्म बिक्री गर्थे । प्रहरीले खोजतलास गरेपछि उनीहरुले पचास भन्दा बढी यस्तो फिल्म बनाएको पाइयो ।
प्रतिकृया