• 9:12 pm

एमाले फुटाउन अध्यादेश आउन सक्ने नेम्वाङको आशंका

प्रकाशित मिति

२०७८ श्रावण ८ गते, शुक्रबार ०३:०४

८ साउन, २०७८ काठमाडौँ : एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले फुटाउनका लागि सरकारले अध्यादेश ल्याउन सक्ने आंशका व्यक्त गरेका छन्। शुक्रबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाईं दिँदै उनले केही दिनमै अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश आउन सक्ने बताएका हुन्।


उनले आफूहरुका लागि त्यस्तो अध्यादेश स्वीकार्य नहुने चेतावनी देउवालाई दिए। आफ्नै शैलीमा नेम्वाङले भने, ‘अध्यादेश आउँछ भन्ने मलाई विश्वास छैन। अध्यादेशको विरोध गर्ने साथीहरुले अहिले संसद अन्त्य गरेर अध्यादेश ल्याउनु हुन्छ भन्ने मलाई विश्वास पटक्कै छैन। तर बाहिर यस विषयमा कुरा उठेको सुनेको छु।’


उनले सरकारलाई पूर्णता दिन नसकेको प्रति पनि आपत्ति जनाउँदै तत्काल स्वास्थ्य मन्त्रालयमा विभागीय जिम्मेवारी दिन सुझाव दिए। ‘अहिलेसम्म सरकार किन विस्तार हुन सकेको छैनरु स्वास्थ्य मन्त्रालयलाई पूर्णता दिनुहोस् भने अनुसार काम गर्नुहोस्,’ उनले भने।

प्रतिकृया