सुनको मूल्य बढ्याे
प्रकाशित मिति
२०७८ श्रावण ८ गते, शुक्रबार १२:२९

८ साउन, २०७८ काठमाडौँ : शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ कायम भएको हो ।
गत बिहीबार बजारमा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले घट्दै ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३ सय रुपैयाँले नै बढ्दै ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यस्तै आज यता चाँदीको मूल्य समेत गत बिहीबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै १ हजार २ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिकृया