• 1:57 pm

दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढ्यो, कसको कति ? (सूचीसहित)

प्रकाशित मिति

२०७८ श्रावण ८ गते, शुक्रबार १२:०२

८ साउन, २०७८ काठमाडौँ :  दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाइएको छ । यसअघि ७ सय ५० रहेकोमा ५ प्रतिशत बढाएर दैनिक ५ सय ९० पुर्‍याइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०७८ र ७९ को निर्माण सामाग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकहरूको ज्यालादर निर्धार्ण गर्नेक्रममा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाइएको हो ।


समितिले फोहोर ढल सफा गर्ने श्रमिकको दैनिक पारिश्रमिक १ हजार एक सय २५ पुर्‍याएको छ । दक्ष डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार, बज्रकर्मीसहित प्लम्बर, ढुंगा र काठमा बुट्टा काट्ने साधारण मुर्तिकार, चित्रकार र आर्टिस्टको दैनिक पारिश्रमिक पनि ५० रूपैयाँ बढाइएको छ । यसैगरी सामान लोड गर्ने कामदारको हकमा १ सय केजीको यसअघि २१ रूपैयाँ ५० रहेकोमा बढाएर २३ पुर्‍याइएको छ ।

प्रतिकृया