चरेससहित दाङबाट दुई जना पक्राउ
प्रकाशित मिति
२०७८ श्रावण ७ गते, बिहीबार ०२:५१

७ साउन, २०७८ काठमाडौँ : दाङमा ९ किलोभन्दा बढी चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बागलुङ निसिखोला गाउँपालिका वडा नम्बर- १ निवासी २१ वर्षीय सुदिप सिजाली मगर र बागलुङ बरिगाड गाउँपालिका वडा नम्बर -२ निवासी ३० वर्षीय रेमबहादुर भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए
साउन, ६ गते गढवा गाउँपालिका वडा नम्बर- १ धानखोलास्थित हुम्ला रनिङ होटलमा लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा होटलमा प्रहरीले छापा मारेको थियो। ९ किलो ९३० ग्रामको लागुऔषध चरेस बरामद गरिएको हो। प्रहरीले लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। कानुनमा २ किलोग्रामदेखि १० किलोग्रामसम्म परिणाम भएमा ३ वर्षसम्म कैद, पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने उल्लेख छ।
प्रतिकृया