झापामा ५ हजार नागरिकता वितरण
प्रकाशित मिति
२०७८ श्रावण ७ गते, बिहीबार ०२:१८

७ साउन, २०७८ काठमाडौँ : झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ । कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष २०७७/७८ को अवधिमा २ हजार ४ सय ६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ । कार्यालयको तथ्याङ्कमा २०७७/७८ मा ५ हजार ५ सय ७३ नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६/७७ मा ३ हजार १ सय ११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।
आव २०७७/७८ को अवधिमा वैवाहिक अङ्गीकृत ३०, प्रतिलिपी चार हजार ८७१ र नाबालक परिचयपत्र ८३ जारी गरिएको अधिकृत बानियाँले जानकारी दिए । सोही अवधिमा राहदानी नियमिततर्फ २ हजार २ सय ९१, द्रुत सेवा ६ सय १८, ठाडो उजूरी ६६, सङ्घ संस्थान विकरण १ सय ५८ र चार हातहतियार इजाजत वितरण गरिएको उल्लेख छ ।
रु १ करोड २२ लाख बढी राजश्व
सङ्कलनसोही वर्ष राहदानीबापत रु १ करोड २२ लाख ५२ हजार ५ सय अन्य प्रशासनिक सेवाबापत रु एक लाख ५७ हजार ८ सय ५०, बेरुजु रु आठ हजार १सय ५१ गरी कूल रु १ करोड २२ लाख ५२ हजार ५सय राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाको माइपश्चिम क्षेत्रको दमकसहित कमल, शिवसताक्षी, गौरादहका बासिन्दालाई सरकारी सेवा उपलब्ध गराउँदै आएको छ । रासस
प्रतिकृया