• १५:०४ २०८० चैत्र १६ गते
  • 3:04 pm

भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा सीबीडीटीको छापा

प्रकाशित मिति

२०७८ श्रावण ७ गते, बिहीबार ११:२६

dainik bhaskar

७ साउन, २०७८ भारत : भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापामारेको छ । बिहीबार बिहानै दैनिक भास्करको कार्यालयमा छापामारिएको सीबीडीटीका प्रवक्ता सुरभि अहलूवालियाले पुष्टि गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।


उनले भनेकी छन्, ‘दैनिक भास्करको कार्यालयहरुमा सीबीडीटीको अपरेशन जारी छ । तत्काललाई यति मात्रै भन्न सक्छु । कुन विषयलाई लिएर छापामारिएको हो भन्ने अहिले खुलेको छैन । दैनिक भास्करका नेशनल एडिटर लक्ष्मीप्रसाद पन्तले भनेका छन्, जयपुर कार्यालयमा केही टिम पुगेको छ ।


उनीहरु के जाँच गरिरहेका छन् भन्ने हामीलाई अहिले जानकारी छैन । दैनिक भास्कर भारतको चर्चित हिन्दी पत्रिका हो । कोभिड महामारीको समयमा दैनिक भास्करले धेरै खोजमुलक समाचार प्रकाशित गर्दै सरकारी प्रयासमाथि प्रश्न गरेको थियो ।

प्रतिकृया