• 1:20 pm

अन्जुले जितिन् मिसेस मंगोलको ताज

प्रकाशित मिति

२०७८ श्रावण ७ गते, बिहीबार ११:०२

७ साउन, २०७८ काठमाडौँ : ‘मिसेस मंगोल नेपाल २०२१ ’को ताज अन्जु शेर्पाले जितेकी छन् । कोभिड–१९को महामारीको प्रतिकुल समयका कारण टिभी शो मार्फत आयोजना भएको प्रतियोगितामा बौद्ध निवासी शेर्पाले शिर्ष ताज जितेकी हुन् ।


अमेजन इन्टरटेन्मेन्ट आयोजक रहेको प्रतियोगितामा हिरा शेर्पा फस्ट रनरअप, निशा थापा मगर सेकेन्ड रनरअप, सोभा मगर थर्ड रनरअप र गौरी लामा फोर्थ रनरअप हुन सफल भए । विजेता सबैले ताज सहित बिभिन्न उपहार समेत हात पार्न सफल भएका छन् ।


१५ प्रतियोगीले अन्तिम स्पर्धा गरेको र डा. रेखा थापा, मिसेस हिमालयन नेपाल माया लामा, ब्युटिसियन नेपाल हेमा पुनमगर र मिसेस आइकन नेपाल सोनिया ज्याखो निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् ।

प्रतिकृया