• 11:46 am

डीएसपी खतिवडालाई असार महिनाकै उत्कृष्ट प्रहरी सम्मान

प्रकाशित मिति

२०७८ श्रावण ६ गते, बुधबार ०६:०६

६ साउन, २०७८ काठमाडौँ :  प्रहरी नायव उपरिक्षक हरि खतिवडालाई बागमती प्रदेश प्रहरी कार्यालयले असार महीनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरी सम्मान प्रदान गरेको छ ।


फरार अपराधी पक्राउ गर्ने मिसन अन्तर्गत डीएसपी खतिवडाले विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीलाई असार महीनामा पक्राउ गरी अदालतमा पेश गर्न सफल भएबापत सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ ।


खतिवडाबाट सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्न खतिवडालाई पुलिस अफ दी मन्थ घोषणा गरिएको जनाइएको छ ।


खतिवडाले जेठ २४ गते काभ्रे बनेपाको अरनिको राजमार्गमा भएको सवारी दुर्घटनामा अनुसन्धान गरी दोषीलाई पक्राउ गरेका थिए । असार ३ गते काभ्रे पाँचखालमा भएको कर्तव्य ज्यान मुद्दाको अनुसन्धानमा सफलता हासिल गरेका थिए ।


राजमार्गमा अवरुद्ध सडक सुचारु गरेको, नवजात शिशुको उद्धार गरी अस्पताल लगेको, कोरोना महामारीमा सरोकारवालासँग समन्वय गरी अक्सिजन उपलब्ध गराएको काममा पनि सफलता प्राप्त गरेका थिए ।

प्रतिकृया