• 11:55 am

अवैध लागूऔषध सहित पक्राउ

प्रकाशित मिति

२०७८ श्रावण ६ गते, बुधबार ०६:०८

६ साउन, २०७८ काठमाडौँ : नेपालगंज उपमहानगरपालिका-१५ बस्ने ६१ वर्षीय गुन्नु कबडिया र सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई २ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, श्रोत नखुलेको नगद ५ लाख १५ हजार ५ सय रुपैयाँ र २ थान मोबाइल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुको घर कोठा तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकबाट ८१ केजी ३ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका-४ बस्ने ४२ वर्षीय बाबुराम नेगीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा रोकी राखेको ना.८ ख ८२८४ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रक पछाडी ढालामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक नेगीलाई प्रहरीले पक्राउ गरेको हो ।


मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ बनसखण्डीबाट करिब १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१ घर भएका २७ वर्षीय समिर लामा भन्ने राम बहादुर तामाङ र सोही उपमहानगरपालिका-५ मनकामना चोक बस्ने २६ वर्षीय दिप लामा रहेका छन् । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।


उदयपुर, त्रियुगा नगरपालिका-३ त्रियुगा पुल नजिकबाट ७ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २१ वर्षीय कृष्ण चौधरी लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


कैलाली, भजनी नगरपालिका-१ स्थित महोन्याल सामुदायिक वनबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोही नगरपालिका-७ चर्रा बस्ने ३० वर्षीय दिनेश चमारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट ३० ट्याब्लेट र स्पास १६ ट्याब्लेट सहित कन्चनपुर पुनर्बास नगरपालिका-११ बस्ने २२ वर्षीय केशर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


सुनसरी, धरान उपमहानगरपालिका-८ तिनकुनेबाट नियन्त्रित लागूऔषध स्पास १ हजार ५ सय ट्याब्लेट र ट्रामोल १ हजार ५ सय ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय कुमार तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
उदयपुर, त्रियुगा नगरपालिका-८ उत्राईटोल बस्ने ६५ वर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-१३ पोर्ताहा बस्ने ४५ वर्षीय मेमोरी भन्ने किसन सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको क्रममा सदाले खुकुरी प्रहार गर्दा महिकरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोष्ट चुहाडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


५ केजी ३ सय ३४ ग्राम चाँदीका गरगहना सहित पक्राउ
पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटबाट ५ केजी ३ सय ३४ ग्राम चाँदी जस्तो देखिने धातुबाट बनेका गरगहनाहरू सहित चितवन खैरेनी नगरपालिका-२ श्रीया ज्वेलर्सका संचालक सप्तरी राजविराज उपमहानगरपालिका-२ मेघरा ठेगाना भएका ४३ वर्षीय अंगत साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट अवैध रूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले शंकास्पद रूपमा पैदल हिंडिरहेका उनलाई जाँच गर्ने क्रममा उनले बोकेको झोलाभित्र उक्त परिमाणको गरगहना फेला पारी पक्राउ गरेको हो । उनलाई उक्त चाँदी सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ
ललितपुर, ललितपुर महानगरपालिका-१९ ईटीचोकस्थित रिकी खड्गीको आफ्नै घर कम्पाउण्डमा पार्किङ गरी राखेको बा।५० प २९४ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सोही महानगरपालिका-१० कुपण्डोल बस्ने उदयपुर गाईघाट घर भएका २० वर्षीय निश्चल परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । परियारले उक्त मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा ड्युटीमा खटिएको प्रहरीले फेला पारी मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो । उनी उपर चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।


कस्तुरीको विना सहित पक्राउ
काठमाडौँ काठमाडौँ महानगरपालिका-६ बौद्धस्तुपाबाट १ थान कस्तुरीको विना सहित काठमाडौं महानगरपालिका-६ तिनचुली चोक बस्ने ताप्लेजुङ ओलाङचुङ गोला फात्लालुङ गाउँपालिका-७ घर भएका ३५ वर्षीय पेम्बा छिरिङ शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त विना सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


बाघको छाला सहित २ जना पक्राउ
दाङ, घोराही उपमहानगरपालिका-३ घोराही लमही सडकबाट १ थान बाघको जस्तो देखिने छाला सहित जाजरकोट भेरी नगरपालिका(९ बस्ने ३२ वर्षीय राम बहादुर दमाई लगायत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
कञ्चनपुर, ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-५ बस्ने ३८ वर्षीय बिष्णु प्रसाद काफ्ले र सोही ठाउँ बस्ने २८ वर्षीय वीर बहादुर कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले बेलौरी नगरपालिका-३ बस्ने ३८ वर्षीया महिलाको पसलमा गई गाली गलौज गरी हातपात समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि समेत हातपात तथा अभद्र व्यवहार गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
काठमाडौँ, कीर्तिपुर नगरपालिका-५ पांगा बस्ने रमेश महर्जनको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय रामशरण महर्जन लगायत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५० हजार १ सय १० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौँ, बझाङ, बुङगल नगरपालिका-२ गिरउस्थित सडकमा कालंगा हाईड्रोपावरको से।१ त २५६६ नम्बरको ट्याक्टरले किच्दा उक्त हाईड्रोपावरमा मजदुरी काम गर्ने सोह ठाउँ बस्ने ४५ वर्षीय मान बहादुर धामीको मंगलबार राति मृत्यु भएको छ । ट्याक्टरमा बालुवा लोड गर्ने क्रममा अचानक ट्याक्टर ब्याक भई किच्दा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सिरहा, धनगढीमाई नगरपालिका-४ सन्तनगरस्थित सडकमा बा.२ ख ७१ नम्बरको बस अनियन्त्रित भई धान खेतमा पल्टिएर मंगलबार साँझ दुर्घटना हुँदा बरियारपट्टी गाउँपालिका-३ बस्ने ४० वर्षीय गणेश मुखियाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ११ जनालाई आरके मेडिसिटी धनगढीमा, १ जनालाई विराटनगर र १ जनालाई धरान घोपातर्फ उपचारको लागि पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।


सल्यान, कालिमाटी गाउँपालिका-३ रामपुरस्थित सडकमा ना.१ क ४६२५ नम्बरको टिपरको टायर फेर्ने क्रममा गाडीमा लगाएको जग भासिन जाँदा सोही टिपरले च्यापिएर सहचालक सोही गाउँपालिका-२ सिमलकुना बस्ने १९ वर्षीय ज्ञान बहादुर ओलीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला
काठमाडौँ, संखुवासभा, पाँचखपन नगरपालिका-९ भालुखोप बस्ने २० वर्षीय राज बहादुर तामाङ सोही ठाउँस्थित कमेरे पहिरे खोलाको काठले बनेको पुल भन्दा करिब ६ मिटर तल मंगलबार मृत अवस्थामा फेला परेका छन् । साउन ४ गते सोही ठाँउ रमितेस्थित बाजेको घर गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।


गोरखा, सहिदलखन गाउँपालिका-९ बुङकोटघाटमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ बस्ने ६० वर्षीय लाल बहादुर राउत मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी गोरखा, गोरखा नगरपालिका-१२ हात्तीसार फाँट नजिकै दरौदी खोलाको बिच भागमा पालुङटार नगरपालिका-२ चापाभन्ज्याङ बस्ने ४८ वर्षीया सुकमाया मंग्राती मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।


करेन्ट लागेर मृत्यु
रामेछाप, मन्थली नगरपालिका-८ गाईखुरास्थित शेक समिर आलामको एसके मोटर वर्कशपमा काम गर्ने क्रममा करेन्ट लागेर सोही वर्कशपमा काम गर्ने भारत मोतिहारी बिश्रामपुर घर भएका १८ वर्षीय अर्सद आलमको मंगलबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


पहिरोका कारण सडक अवरोध तथा धनमाल क्षति
काठमाडौं, डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका-५ कच्ची भिडस्थित रुकुम पश्चिम-डोल्पा सडकमा मंगलबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम सडकमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।



म्याग्दी, रघुगगा गाउँपालिका-३ राहुघाट गलेश्वरस्थित बेनी जोमसोम सडक खण्डमा बुधबार बिहान लेदो सहितको पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सुनसरी, धरान उपमहानगरपालिका-२० आछामे डाँडास्थित धरान-विष्णुपादुका सडक खण्डमा मंगलबार राति पहिरो आउँदा सडक अवरोध भएको छ ।


नुवाकोट, दुप्चेश्चर गाउँपालिका-७ शिखरवेशी बस्ने ६५ वर्षीय रामचन्द्र नेपाली र उनकै छोरा ३५ वर्षीय रामकृष्ण नेपालीको घरमा बुधबार बिहान पहिरो जाँदा घर पूर्णरुपमा क्षति भएको छ । साथै पहिरोमा परी घाइते भएकी रामकृष्णकी १६ वर्षीया छोरीलाई उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टरतर्फ पठाइएको छ ।


सोलुखुम्बु, माप्यदुधकोशी गाउँपालिका-७ स्थित पशुपति आधारभूत विद्यालय भवनमा अविरल वर्षाका कारण बुधबार बिहान पहिरो जाँदा उक्त भवन पूर्णरुपमा क्षति भई करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पहिरो गएको स्थानमा तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।


विभिन्न धनमाल लुटपाट
दाङ, राप्ती गाउँपालिका-२ बराखुट्टी बस्ने २९ वर्षीय अंकु बुढामगरको घरबाट नगद ६ लाख २४ हजार रुपैयाँ र ३ थान मोबाइल मंगलबार राति लुटपाट भएको छ । अन्दाजी ९र१० जना अपरिचित व्यक्तिले उक्त धनमाल लुटी फरार भएको बताइएको छ । लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
रामेछाप, उमाकुण्ड गाउँपालिका-२ बाम्ती भण्डार बस्ने ३८ वर्षीय डम्बर सिंह बिकको घरमा विद्युतको मिटर सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन समेत जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।



ईलाम, ईलाम नगरपालिका-१ किटिडाँडा बस्ने तेज बहादुर गुरुङको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर, सुनचाँदीका विभिन्न गरगहना, किराना पसलको सरसामान, काठपात र नगद ३ लाख समेत जलेर करिब ४४ लाख ७४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रतिकृया