के हो, वीपीको समाजवाद ? (भिडियोमा)
प्रकाशित मिति
२०७८ श्रावण ६ गते, बुधबार ०५:०९

६ साउन, २०७८ काठमाडौँ : विश्वेश्वर प्रसाद कोइराला अर्थात विपी कोइराला नेपाली राजनीतिमा सवैभन्दा अग्लो कद भएका राजनेता थिए । मुलुकभित्र मात्र होइन विश्वमा चिनिएका अति कम नेपाली राजनीतिज्ञहरुमा उनी सवैभन्दा अगाडि थिए । कतिपयले उनको ब्यक्तित्वलाई अतुलनीय मान्दछन् । नेपाली कांग्रेस पार्टीले त उनलाई महामानव नै भन्दै आएको छ ।
वीपीको जन्म विक्रम संबत १९७१ भाद्र २४ मा भएको थियो । उनी बाँचिरहेका भए अहिले १ सय ७ बर्षका हुन्थे । तर, ६८ बर्षको उमेरमा २०३९ साल साउन ६ गते उनले प्राण त्यागे ।
भनिरहनु पर्दैन कि, वीपी नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता थिए । उनले बिक्रम संबत २०१६ जेठ १२ देखि २०१७ पुष १ गतेसम्मको १८ महिनासम्म दुई तिहाई बहुमतको सरकार चलाए । वीपी साहित्यकार पनि थिए । उनका उपन्यासहरु नरेन्द्र दाई, तीन घुम्ती, बाबु आमा र छोरा, हिटलर र यहुदी, मोदी आइन, सुम्निमा थिए ।
कथाहरुमा दोषी चस्मा र श्वेत भैरवी थिए । जेल जर्नल र आत्मबृतान्त उनका पढ्नै पर्ने पुस्तक हुन् । उनी भन्थे, राजनीतिमा म समाजवादी हुँ र साहित्यमा अराजकतावादी ।
आजको यस भिडियोमा हामी वीपीको समाजवाद भनेको के हो र वीपी कसरी समाजवादी भए भन्ने दुईवटा प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछौं । सवैभन्दा पहिला कुरा गरौं, के हो वीपीको प्रजातान्त्रिक समाजवाद ? (हेर्नुहोस् भिडियोमा ।)
प्रतिकृया