राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले मनायो ३२ औँ वार्षिकोत्सव
प्रकाशित मिति
२०७८ श्रावण ६ गते, बुधबार ०३:२२

६ साउन, २०७८ काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औं वार्षिकोत्सवको कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ। ३२ औं वर्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तलन गरेका हुन्।
३२ औं वर्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रममा संघका का.वा. जोशीले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरे। त्यस पश्चात प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका हुन्।

सो अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने भएको छ । वर्षिकोत्सवका विविध कार्यक्रम संघका विभिन्न क्षेत्रीय समितिहरुमा समेत संचालन गरिएको थियो। रा.वा. कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैंकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो। संघले पेशागत हक, हित तथा सस्थाको सम्वर्द्धनका विषयमा आवाज उठाउँदै आइरहेको छ।
संघका महासचिव लक्ष्मीप्रसाद पाण्डेले संचालन गरेको रक्तदान कार्यक्रममा रक्तदान कार्यकमका संयोजक बद्रीप्रसाद तिमिल्सिना, कार्यकारीणी समितिका पदाधिकारीहरु, केन्द्रीय समिति तथा क्षेत्रीय समितिका पदाधिकारीहरु, नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल रा.वा. बैंकका अध्यक्ष गगनसिंह घिमिरे तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, कम्पनी सचिव, उपप्रमुखहरु, शाखा प्रबन्धकहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया