तरुण विभाग विदेश क्षेत्र समन्वय सदस्यमा युवा नेता पाण्डे मनोनयन
प्रकाशित मिति
२०७८ श्रावण ६ गते, बुधबार ०२:०३

६ साउन, २०७८ काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको विदेश क्षेत्र समन्वय सदस्य पदमा नेपाली कांग्रेस अर्घाखाँचीका युवा नेता शिवदेव पाण्डे मनोनयन भएका छन् । लामो समयदेखि नेपाली कांग्रेसको सक्रिय रानजीतिमा रहेर महत्वपूर्ण जिम्मेवारी समेत सम्हाल्दै आएका पाण्डेले आफुलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै उनले आफुलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीलाई धन्यवाद दिदै आगामी दिनमा आफुलाई नेपाली कांग्रेसको सक्रिय रानजीतिमा थप कृयाशिल रहन यस मनोनयनले प्रोत्साहन समेत मिलेको बताए । राजनीतिसंगै समाजसेवामा कृयाशिल पाण्डे युवा सफल व्यावसायीको रुपमा परिचित छन् ।
नेपाली कांग्रेसको आशन्न १४ औं महाधिवेशनमा आफु अर्घाखाँची जिल्लाबाट महाधिवेशन प्रतिनिधिको रुपमा चुनावी मैदानमा होमिने समेत पाण्डेले बताए । साथै उनले नजिकिदै गरेको महाधिवेशनमा देशभरका सबै तरुण युवा साथीहरुलाई एकजुट भएर महाधिवेशन सफल बनाउन पनि आग्रह गरे ।
प्रतिकृया