• 10:13 pm

थप ३१०८ कोरोना संक्रमित थपिए

प्रकाशित मिति

२०७८ श्रावण ५ गते, मंगलवार ०४:५२

५ साउन, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा १३ हजार १ सय ३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६ सय ६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९ सय ५३ पुगेको छ ।


यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९ सय २७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६ सय ७ जनाको मृत्यु भएको छ ।

प्रतिकृया