• 1:12 pm

नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल कलेजबीच सम्झौता

प्रकाशित मिति

२०७८ श्रावण ४ गते, सोमबार ११:२२

४ साउन, २०७८ काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमबीच एमओयु सम्पन्न भएको छ।


नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो। ग्लोबल कलेजका विद्यार्थीका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुनेछ।


त्यसैगरी, जीवन बिमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ। बिमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहनेसमेत सम्झौतामा समेटिएको छ।


नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।


उक्त कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख वन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोग्राम कोअर्डिनेटर विराज घिमिरेको उपस्थिति थियो।

प्रतिकृया