• 5:51 pm

रणवीर-आलिया डिभोर्स कहिले ? यस्तो छ केआरकेको भविष्यवाणी

प्रकाशित मिति

२०७८ श्रावण ४ गते, सोमबार ०५:००

४ साउन २०७८ काठमाडौँ : बलिउड फिल्म समीक्षक केआरके उर्फ कमाल आर खान बलिउड स्टारहरूबारे भविष्यवाणी गरेर सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेका छन् ।


केही दिन पहिले उनले प्रियंका चोपडा र निक जोनसको १० वर्षपछि डिभोर्स हुने अनि करिना कपूर र सैफ अलि खानको कान्छो छोरा जेह नामका कारण कहिल्यै सुपरस्टार बन्न नसक्ने बताएका थिए । यतिसम्म त ठीकै थियो । उनले रणवीर कपूर र आलिया भट्टको बारेमा थप भविष्यवाणी गरेपछि ट्रोलको सिकार हुन पुगेका छन् ।


लामो समयदेखि प्रेम सम्बन्धमा रहेका रणवीर र आलियाबीच सन् २०२२ को अन्त्यसम्म विवाह भैसक्ने र विवाहको १५ वर्षपछि रणवीरले आलियालाई तलाक दिने भविष्यवाणी गरेपछि केआरके विवादमा परेका छन् । यसअघि केआरके विपाशा बसु र अभिषेक बच्चनको पनि डिभोर्स हुने बताएर ‘भाइरल’ भएका थिए ।

प्रतिकृया