मृतावस्थामा दुई गैँडा फेला
प्रकाशित मिति
२०७८ श्रावण ४ गते, सोमबार ०२:१३

४ साउन, २०७८ काठमाडौँ : चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन्। तीमध्ये एउटा बूढो र अर्को केटा छन्। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो। उनले बाघको आक्रमणबाट मरेको हुन सक्ने बताए।
यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैँडा मृतावस्थामा फेला परेको छ। नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैँडा भेटिएको हो। ती गैँडाको खाग र खुर सुरक्षित रहेको जनाउँदै उनले दुवै प्राकृतिक कारणले मरेको बताए।
गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी र शिकारले निकुञ्जमा ३२ र अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए। -रासस
Related
Recent News
- सर/मेडमहरू अब विद्यालयमा फर्कनुस्, आफ्नो जिम्मेवारी बहन गर्नुस : रामकुमारी झाँक्री
- कांग्रेस-एमालेबीच सरकार संचालनमा कुनै समस्या छैन- गृहमन्त्री लेखक
- प्रधानमन्त्रीसँगको वार्तापछि छलफलमा जुट्यो शिक्षक महासंघ
- अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल
- फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ : सञ्चारमन्त्री गुरुङ
- रोयल च्यालेन्जर्समाथि पञ्जाव ५ विकेटले विजयी
- कस्तो रहनेछ आजको मौसम ?
- यू-१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीच निर्णायक खेल हुँदै
- १२ कक्षाको परीक्षा स्थगित नभएको बोर्डको स्पष्टोक्ति
- नीतिले गरिन् प्रेमी याञ्चितसँग कानुनी विवाह
Crime
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया