• 7:53 pm

बिना साँचो कुदिरहेको केटिएम डुक चोरीको, पाँच घण्टा अघि मात्र हराएको थियो

प्रकाशित मिति

२०७८ श्रावण ४ गते, सोमबार १२:५१

४ साउन, २०७८ काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट हराएको एउटा मोटरसाइकल पाँच घण्टालगत्तै फेला परेको छ। आइतबार दिउँसो ३ बजे कौशलटारमा बिना साँचो कुदाइरहेको अवस्थामा बा ९५ प २३३ नम्बरको २ सय सिसि केटिएम डुक मोटरसाइकलसहित दोलखाका १९ वर्षीय विज्ञान भुजेललाई महाशाखाको सादा पोसाकको टोलीले पक्राउ गरेको छ।


आइतबार बिहान ८ बजे उक्त मोटरसाइकल भक्तपुरको सानोठिमीबाट हराएको थियो। हराएलगत्तै मोटरसाइकल धनीले ट्राफिक महाशाखामा जानकारी गराएका थिए। प्रहरीले भुजेलमाथि थप अनुसन्धान गर्दा चोरीको अर्को मोटरसाइकल पनि फेला पारेको छ।


बा ८३ प ३३४५ नम्बरको २ सय सिसि एनएस पल्सर फेला परेको हो। उक्त मोटरसाइकल गत जेठ १० गते ललितपुरको टिका भैरवबाट हराएको थियो।

प्रतिकृया