• 11:42 pm

पर्सामा खैरो हिरोइन सहित वडाध्यक्ष लगायत ३ जना पक्राउ

प्रकाशित मिति

२०७८ श्रावण ४ गते, सोमबार १२:५०

४ साउन,२०७८ काठमाडौँ : पर्साको पकहाँ मैनपुर गाउँपालिकाका-१ धोरेका वडाध्यक्षसहित ३ जना खैरो हरोइनकाे साथमा पक्राउ परेका छन् । प्रहरीले ७९ ग्राम खैरो हिरोइनसहित पकहाँ मैनपुर गाउँपालिका-१ का वडाध्यक्ष अमिरिका सहनी पक्राउ गरेको हो।


वडाध्यक्ष सहनी चढेको ना. १ ब। ३५९५ नम्बरको सरकारी मोटरसाइकल वीरगञ्ज महानगरपालिका- १९ मा आइतबार राति चेकजाँच गर्दा खैरो हिरोइन बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।


उनको मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय रामआदेश सहनी र पछाडि आएका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका- १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ परेका वडाध्यक्षसहित तीनै जनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । वडाध्यक्षसँग पक्राउ परेका सहनीद्वयको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ ।

प्रतिकृया