• १२:२९ २०८० चैत्र १६ गते
  • 12:29 pm

काठमाडौँका विद्यालयमा अनिवार्य नेवारी भाषा पढाउन महानगरको ताकेता

प्रकाशित मिति

२०७८ श्रावण ४ गते, सोमबार ११:३९

kathmandu mahanagarpalika

४ साउन, २०७८ काठमाडौँ : काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अबदेखि नेवारी भाषाको अनिवार्य पठनपाठन सुरु गरिने भएको छ । काठमाडौँ महानगरले सबै विद्यालयलाई पत्र पठाउँदै अनिवार्यरुपमा नेवारी भाषा पढाउन ताकेता थालेको छ ।


महानगरको निर्देशनसँगै अब काठमाडौँ महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले नेवारी भाषा पढ्नुपर्ने भएको छ । १ सय पूर्णाङ्कको नेपाल भाषा (नेवारी भाषा) लाई अनिवार्य विषयको रुपमा राखिएको हो । साथै, महानगरले सामुदायिक मात्र नभएर निजी विद्यालयमा पनि नेवारी भाषालाई अनिवार्य गर्न ताकेता गरेको हो ।


शिक्षा अधिकृत मोतिराज खनालले यस्तो जानकारी दिए । उनका अनुसार नेपाल भाषा अनिवार्य भएको र १ सय पूर्णांकको पढाइ हुनेछ । यस्तो निर्णय गत वर्ष असोज १९ मा बसेको महानगरपालिकाको ५१ औं बैठकले गरेको हो ।

newari

प्रतिकृया