• १९:०५ २०८० चैत्र १६ गते
  • 7:05 pm

ब्राजिलमा कोभिड महामारी पुनः बढ्यो, २४ घन्टामा १ हजार ४५६ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ श्रावण २ गते, शनिबार ०३:०८

corona southafrica e1621126806211

२ साउन, २०७८ काठमाडौँ : कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि एक हजार ४५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ब्राजिलमा शनिबार त्यसको २४ घन्टा अघिदेखि गरेर एक हजार ४५६ जनाको ज्यान गएको सो मन्त्रालयले जानकारी दिएको छ ।


यहाँ यस संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ४० हजार ५८८ जना पुगेको छ । यहाँका अधिकारीहरुले शनिबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड संक्रमणबाट निधन भएको बताएका छन् । त्यसैगरी कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब ४५ हजार जना रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९३ लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


ब्राजिलमा दुई महिना अघि कोभिडका संक्रमितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ । सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ ।


ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी संक्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाख जना संक्रमितहरुमा २५७ जनाको निधन भएको तथ्यांकले देखाएको बताइएको छ । –सिन्ह्वा

प्रतिकृया