• 7:14 pm

ह्वाट्सएपले बन्द गर्‍यो २० लाख भारतीय अकाउन्ट

प्रकाशित मिति

२०७८ श्रावण १ गते, शुक्रबार ०३:५०

whatapps

१ साउन, २०७८ काठमाडौँ : चर्चित इन्स्ट्यान्ट मेसेजिङ एप-ह्वाट्सएपले २० लाख भारतीय अकाउन्ट ब्लक गरेको छ । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपले पछिल्लो मे र जुन महिनामा आफ्नो नीतिभन्दा बाहिर गएर प्रयोग गरिएका २० लाख अकाउन्ट ब्लक गरेको हो ।


भारतको पछिल्लो आईटी सम्बन्धी विवादास्पद नीतिपछि पहिलो पटक रिपोर्ट भएका अकाउन्टमाथि एक्सन लिएको हो । ४० करोड प्रयोगकर्ता भएको भारत ह्वाट्सएपको सबैभन्दा ठूलो बजार हो । ह्वाट्सएपले नकारात्मक र नचाहेका म्यासेज पठाउने गरेका भारतीय अकाउन्टलाई गुनासोका आधारमा बन्द गरिएको बताएको छ । एड्भान्स्ड प्रविधिको मेसिन प्रयोग गरेर ह्वाट्सएपले प्रत्येक महिना विश्वभरका ८० लाखभन्दा धेरै अकाउन्ट बन्द गरिरहेको छ ।


मे १५ देखि जुन १५ सम्म भारतमा मात्रै २० लाख अकाउन्ट बन्द हुनुको मुख्य कारण ‘असामान्यस’ म्यासेज भएको ह्वाट्सएपले बताएको छ । ह्वाट्सएपले कन्ट्रीकोडंढज्ञ को आधारमा भारतीय अकाउन्ट फिल्टर गर्छ । भारतमा भ्रामक सूचना फैलाउने, नचाहिँदो म्यासजे पठाउने र असामान्य म्यासेज पठाउने अकाउन्टहरू बन्द भएका हुन् ।


ह्वाट्सएपका लाखौं प्रयोगकर्तासम्म भ्रामक सूचना क्षण भरमा पुर्‍याउन केही अकाउन्टहरू लागि परेकोसमेत पाइएको र त्यस्ता अकाउन्टप्रति कठोर भएर एक्सन लिने ह्वाट्सएपले बताएको छ ।

प्रतिकृया