नेप्सेमा झिनो वृद्धि

प्रकाशित मिति

२०७८ असार ३० गते, बुधबार ०३:५३

nepse e1655373223492

३० असार, काठमाडौँ : बुधबार सेयर बजार परिसूचक नेप्सेमा झिनो वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.०१ अंकले बढेर २ हजार ८७२.०५ विन्दु कायम भएको हो । तर, यता आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स भने ०.१४ अंकले घटेर ५३९.३८ विन्दुमा झरेको छ ।


यस दिन होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, म्युचुअल फण्ड र लगानी क्षेत्रका समूहहरुबाहेक अन्य सबै समूह ऋणात्मक भएका छन् । आज कुल २१४ कम्पनीका ४ करोड ४७ लाख माथि कित्ता सेयर ५० हजार ५९१ पटक किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाखको कारोबार भएको छ ।


गत मंगलबार १६.३४ अंकले बढेर २ हजार ८७१.०३ विन्दुमा पुग्दा ५ अर्ब ५४ करोड ६३ लाखको कारोबार भएको थियो ।

प्रतिकृया