• 4:18 pm

भारतले दियो देउवालाई बधाइ, राजदूत क्वात्राले भेटेर दिए शुभकामना

प्रकाशित मिति

२०७८ असार ३० गते, बुधबार ०१:३२

३० असार, काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले बधाइ तथा शुभकामना दिएको छ । राजदूत विनयमोहन क्वात्राले बुधबार देउवालाई भेट गर्दै उनको कार्यकालमा दुई मुलुकबीच सम्बन्ध थप सुद्धढ हुने तथा नागरिक तहको सम्बन्ध प्रगाढ हुने ट्वीट गरेका छन् ।


भारत र नेपालको बहुपक्षीय सम्बन्धलाई बलियो तुल्याउँदै साझा हित र समृद्धिको विषयमा मिलेर काम गर्ने इच्छा पनि उनले व्यक्त गरेका छन् । अमेरिका, युरोपेली युनियनपछि भारतले देउवालाई बधाइ दिएको हो ।

प्रतिकृया