ओलीले छाडे बालुवाटार निवास
प्रकाशित मिति
२०७८ असार ३० गते, बुधबार १२:३१

३० असार, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्। ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट बालकोटसम्म स्कर्टिङ गरेका छन् ।
त्यसअघि एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।
देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।

Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया