• 5:25 pm

२३ दिनपछि हिरासतमुक्त भइन् ज्वाला, जातीय विभेदमा साधारण तारेख र अभद्र व्यवहारमा धरौटी

प्रकाशित मिति

२०७८ असार २९ गते, मंगलवार ०७:०१

काठमाडौं : २९ असार, अभद्र व्यवहार र जातिय विभेदमा पक्राउ परेकी सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला २३ दिनको हिरासत बसाईपछि मंगलबार छुटेकी छिन्।


काठमाडौं जिल्ला अदालतले जातिय विभेद सम्बन्धि कसुरमा संग्रौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। उनीसँगै शर्मिला वाइवा , यमबहादुर खड्का र हिमाल उपाध्यायलाई पनि साधारण तारेखमा छाड्न आदेश दिइएको छ।


यसअघि अभद्र व्यवहारमा काठमाडौं जिल्ला प्रशासनले ज्वालासँग १० हजार रुपैयाँ धरौटी मागेको थियो। हिमाल, ज्वालाका श्रीमान हुन्। कीर्ते मुद्धामा ज्वाललाई साधारण तारेखमा छाड्ने आदेश दिइएको छ भने हिमालसँग एक लाख रुपैयाँ धरौटी मागिएको छ।

प्रतिकृया