• 4:45 pm

कार्यकर्तालाई संयम रहन आग्रह गर्दै ओलीले भने- फेरि सूर्य बादल हटाएर उदाउनेछ

प्रकाशित मिति

२०७८ असार २९ गते, मंगलवार ०३:३२

२९ असार, काठमाडौँ : प्रधानमन्त्रीबाट बिदाई हुँदै गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गरेका छन् । सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उनले बताए ।


उनले भने, ‘म पार्टीका कार्यकर्ताहरूलाई धैर्य र संयम नगुमाउन र आत्मविश्वास कायम राख्न आह्वान गर्छु । मेरा लागि लोकतन्त्र जीविका होइन जीवन हो, हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला, जनताबाट रोक्न कसले सक्छ ?’ ओलीले सम्बोधनको अन्तिममा केही समयका लागि सूर्यलाई बादलले छेके पनि फेरि सूर्य बादल हटाएर उदाउने बताए ।


आफ्नै पार्टीका २३ जना अराजकले सरकार ढाल्न विपक्षीलाई बल पास गरेको भन्दै ओलीले घृणा व्यक्त गरे । ओलीले भने, ‘बादलले एकछिन घामलाई छेक्न सक्ला तर सूर्यको प्रकाशलाई कसैले रोक्न सक्ने छैन्, एकछिन बादल लागेको छ, बादल हटेर फेरी सूर्य उदाउनेछ ।’

प्रतिकृया