• 9:18 am

मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई

प्रकाशित मिति

२०७८ असार २९ गते, मंगलवार ११:५०

prachanda 3 e1615784277627

२९ असार, काठमाडौँ : नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारमा कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।


बैठकपछि एक नेताले भने, ‘सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ, त्यसपछि मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुंगो लगाउने निर्णय भएको छ ।’


सोही अनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेकी छिन् भने आजै उनले सानो आकारको मन्त्रिपरिषद गठन गर्न लागेका छन् ।

प्रतिकृया