अनपेक्षित र त्रुटिपूर्ण भएपनि सर्वोच्चको फैसला कार्यान्वयन गर्छौँ : एमाले
प्रकाशित मिति
२०७८ असार २९ गते, मंगलवार ०५:३९

काठमाडौँ : नेकपा एमालेले सर्वोच्च अदालतको फैसला लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको एमाले स्थायी कमिटी बैठकले अदालतबाटै प्रधानमन्त्री चयन गर्ने आदेश लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको हो ।
बैठकले अदालतको आदेश अनपेक्षित र त्रुटिपूर्ण भए पनि फैसला कार्यान्वयन गर्ने जनाएको छ । त्यस्तै बैठकले सर्वोच्चको आदेशले शक्ति सन्तुलनको पिल्लरलाई हल्लाइदिने काम गरेको निष्कर्ष निकालिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले जुन दिशातिर राजनीति र प्रणालीलाई लैजान खोजिएको छ, त्यसमा एकदमै चिन्तित भएको बताए । उनले पछिल्लो अवस्थाका कारण एमाले चिन्तित भएको बताए । एमाले स्थायी कमिटी बैठक मंगलबार पनि हुने उनले जानकारी दिए ।
प्रतिकृया