• 3:48 pm

उपत्यकामा थपिए ४३३ जना कोरोना संक्रमित

प्रकाशित मिति

२०७८ असार २८ गते, सोमबार ०५:०५

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना संक्रमित थपिएका हुन्।


यस्तै नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ। यस्तै सोमबार १ हजार १ सय ३३ संक्रमणमुक्त भएका छन्।


गत चौबीस घन्टामा ७ हजार ६ सय ८९ पीसीआर तथा ३ हजार ८ सय ९५ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया