माधव नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै
प्रकाशित मिति
२०७८ असार २८ गते, सोमबार ०४:४९

sf7df8f}F, !) c;f/ . kfFr ljkIfL u7aGwn] laxLaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / ;Dkfbsx? aLrsf] cGt/lqmofdf af]Nb} g]skf Pdfn] jl/i7 g]tf dfwjs'df/ g]kfn . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ : विपक्षी गठबन्धनको बैठक केहीबेरमा बस्दैछ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गठबन्धनको बैठक बस्न लागेको हो । बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्ने तय गरिएको हो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी हुने जनाइएको छ ।
५ बजेपछि बस्ने बैठकमा सर्वोच्च अदालतको आदेशपछि उत्पन्न राजनीतिक परिस्थितबारे छलफल हुने जनाइएको छ ।
प्रतिकृया