एआईजीमा बढुवा भएका सहकुल थापालाई दर्ज्यानी चिन्ह प्रदान
प्रकाशित मिति
२०७८ असार २७ गते, आईतवार ०६:३३

काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) मा बढुवा भएका सहकुल बहादुर थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा एक विशेष समारोहकाबीच एआईजीमा बढुवा भएका थापालाई प्रहरी महानिरीक्षक शैलेश थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
एआईजीपी थापालाई एआईजीको दरबन्दी थप गरी सरकारले एआईजीपी बढुवा सिफारिस समितिले सिफारिस गरेपछि डिआईजीपीबाट एआईजीमा बढुवा भएका थिए । यससँगै नेपाल प्रहरीमा एआईजीपीको संख्या ५ पुगेको छ ।
दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा नेपाल प्रहरीका बरिष्ठ अधिकारीको सहभागिता रहेको थियो । एआईजीको दर्ज्यानी चिन्ह प्राप्त गरेसँगै थापाले मानव स्रोत तथा प्रशासन विभागको नेतृत्व सम्हालेका छन् ।
Related
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया