सुजिता हत्या प्रकरण : शौचालयको ट्याङ्की भित्र शव
प्रकाशित मिति
२०७८ असार २७ गते, आईतवार ०२:०६

काठमाडौँ : महोत्तरी भ्रमपूरा – ७ की सुजिता ठाकुरको हत्या गरी शव शौचालयको ट्याङ्कीमा गाडिएको पाइएको छ । आइतबार प्रदेश प्रहरीले शव गाडिएको ठाउँमा उत्खनन् गरिरहेको छ ।
प्रहरीका अनुसार निर्माणाधीन शौचालयको ट्याङ्की भित्र शव गाडिएको छ । शवलाई टुक्रा–टुक्रा पारी ट्याङ्की भित्र गाडेर माथिबाट सिमेन्टले प्लास्टर गरिएको छ । प्रहरीले प्लास्टर भत्काएर शव निकाल्ने काम गरिरहेको छ ।
सुजिताको हत्या ससुरा पतिराम ठाकुर र देवर रुपेश ठाकुरले गरेको खुलेको छ । हत्या आरोपमा श्रीमान मुकेश र देवर पक्राउ परेका छन् भने ससुरा अझै फरार छ ।
केही दिन अघि सुजिताको हत्या भएको खुल्ने केही प्रमाणहरू घर नजिकैको खेतमा भेटिएको थियो । माइती पक्षले हत्याको शंका गरेपछि सुजिताको शवलाई खेतबाट ल्याएर शौचालयको ट्याङ्कीमा गाडिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
प्रतिकृया