• 5:31 pm

कोपा अमेरिका फाइनलः पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

प्रकाशित मिति

२०७८ असार २७ गते, आईतवार ०६:५६

एजेन्सी : दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधिका लागि अहिले महारथी टोलीहरु ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गरिरहेका छन् । ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा जारी फाइनलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको छ ।


खेलको २३ औं मिनेटमा डी पाउलको पासमा एंगेल डी मारियाले काउन्टर एट्याकमा गोल गरी टिमलाई अग्रता दिलाएका हुन् । अर्जेन्टिना २८ वर्षपछि पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधिको खोजीमा छ भने सुपरस्टार लियोनल मेस्सी पनि देशका लागि पहिलो ठूलो उपाधि जित्न चाहन्छन् ।

प्रतिकृया