• 4:55 pm

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ०६:२७

काठमाडौँ : युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आईपीओ) बिहीबार आज देखि खुलेको छ। कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको शेयर निष्कासन गरेको छ ।


जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा २८ असारसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रतिकृया