ईसेवा मनि ट्रान्सफर र युकेको सिफ्ट सर्भिसबीच सम्झौता

प्रकाशित मिति

२०७८ असार २३ गते, बुधबार ०३:३८

213191829 208971671102126 3837870973577354503 n e1625651579648

काठमाडौँ : रेमिट्यान्स् बजार तीव्ररूपमा विस्तार गरिरहेको ईसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।


यो सम्झौतासँगै युके, यूरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशबाट सहजै रेमिट्यान्स् पठाउन सकिने भएको छ । विदेशमा रहेका नेपालीले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ईसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् ।


नेपालीले सिफ्ट मार्फत पठाएको रकम ईसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सक्ने बताइएको छ ।

प्रतिकृया