सुनको मूल्य वृद्धि, तोलामा कति ?
प्रकाशित मिति
२०७८ असार २३ गते, बुधबार ११:४९

काठमाडौँ : केही दिनयता लगातार बढिरहेको सुनको मूल्य बुधबार थप ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले बढ्दै ९२ हजार २ सय रुपैयाँ पुगेको हो ।
गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४ सय रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार ३ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
प्रतिकृया