• ०७:३२ २०८१ बैशाख ७ गते
  • 7:32 am

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

प्रकाशित मिति

२०७८ असार २३ गते, बुधबार ११:००

Jogimara Pahiro 1

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ । यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन ।


सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिराको कारण सडक पटक-पटक अवरुद्ध हुँदै आएको छ । पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकामा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।


बुधबार बिहान ५ः३० बजेदेखि सेतीदोभानलगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् । सवारी साधनको लाइन भरतपुरको बाइपास सडकसम्म आइपुगेको छ । -रासस

प्रतिकृया