सुनको भाउ सामान्य बढ्यो
प्रकाशित मिति
२०७८ असार २० गते, आईतवार १२:११

काठमाडौँ : सुनको मूल्य आज प्रतितोला २ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला ९१ हजार ३ सय कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार निर्धारण गरिएको छ । प्रतितोला १५ रूपैयाँ बढेको चाँदी १ हजार ३२५ रूपैयाँ निर्धारण गरिएको छ ।
प्रतिकृया