सिद्धार्थमा अन्तराष्ट्रिय सहकारी दिवस
प्रकाशित मिति
२०७८ असार १९ गते, शनिबार ०५:३०
काठमाडौँ : मध्यपुर थिमि–मध्यपुर थिमिनपा–४ शंखधर चोक स्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा ९९ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २७औं संयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय सहकारी दिवस कार्यक्रम आयोजना गरियो ।
संस्थाका अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा संस्थाका सचिव राजेश श्रेष्ठले संस्थाले हाल सम्ममा ३३ करोडभन्दा बढिको कारोबार गरिसकेको जानकारी दिंदै असार मसान्त सम्ममा शेयरपु“जी ४ करोड पुर्याउने बताए । संस्थाका कोषाध्यक्ष सोहन कार्यस्थले १ हजार ६ सय शेयर सदस्य र २ करोड ८८ लाखभन्दा बढि शेयर पुँजी रहेको तथ्याङ्क प्रस्तुत गरेको छ । कार्यक्रममा संस्थाका सञ्चालक इन्द्रकृष्ण श्रेष्ठले स्वागतमन्तव्य व्यक्त गरेको थियो ।
सिद्धार्थ भवनमा भएको उक्त कार्यक्रममा शंखधर बचत कोषका अध्यक्ष एवं सिद्धार्थ साकोसका सञ्चालक हिरामान शंखदेवले वर्तमान विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा मापदण्ड सहित सहकारीको उद्देश्यबारे आफ्नो धारणा राखेका थिए । सिद्धार्थ साकोसका अध्यक्ष रमेश श्रेष्ठले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकासका साथै व्यक्तित्व एवं नेतृत्व विकासमा सिद्धार्थ साकोस निरन्तर कृयाशील रहेको बताए ।
प्रतिकृया