• १४:२६ २०८१ बैशाख ७ गते
  • 2:26 pm

फोनमा हेल्लो भन्ने शब्दको सुरुवात कसरी भयो ?

प्रकाशित मिति

२०७८ असार १४ गते, सोमबार ०४:५०

photo 1516055619834 586f8c75d1de e1624878346649

काठमाडौँ : हामीले सानैबाट फिल्म, टेलिभिजन सुन्दै वा पछिल्ला केही दशकयता आफैले टेलिफोन उठाउने बित्तिकै प्रयोग गर्दै आएको शब्द हो, ‘हेल्लो’ । तर तपाईले कहिल्यै सोच्नु भएको छ, फोनमा सबैभन्दा पहिले किन ‘हेल्लो’ भनिन्छ ।


आजको आधुनिक युगमा प्रायः हरेक मानिसको हातमा मोवाइल फोन छ । मोबाइल हाम्रो दैनिक जीवनमा अपरिहार्य बनिसकेको छ । यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’ । तर यो शब्द कसरी शुरू भयो त रु


अलेक्जेण्डर ग्राहम बेलले टेलिफोनको आविष्कार शुरू गरेका थिए । यसकालागी उनले कडा मेहनत गरेका थिए । टेलिफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसँग कुरा गरे । यसमा उनले भनेका थिए, श्रीमान वाटसन यहाँ आउनुहोस्, मलाई तपाईको आवश्यकता छ । त्यस क्रममा टेलिफोनमा हेल्लो शब्द प्रयोग गरिँदैन थियो ।


टेलिफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग शुरू भयो । त्यसक्रममा मानिसहरु आर यू दियर भनेर कुराकानी शुरू गर्दथे । त्यस क्रममा थोमस एडिसनले एहोइ ९ब्जयथ० शब्द सुने त्यसपछि उनले सन् १८७७ मा एहोईको सट्टा हेल्लो भन्न थाल्ने प्रस्ताव गरे । पिट्सबर्गको सेन्ट्रल डिस्ट्रिक्ट एण्ड प्रिण्टिग टेलीग्राफ कम्पनीबाट उक्त प्रस्ताव पास भएपछि हेल्लो शब्द चलनचल्तीमा आयो ।


यस अलावा हेल्लो भनेर टेलिफोनमा बोल्न शुरूवात गर्नुमा अर्को कथन पनि चर्चामा छ । खासमा ग्राहम बेलकी प्रेमिकाको नामसमेत हेलो थियो त्यसक्रममा उनी प्रेमिकालाई फोन गर्दा हेल्लो भन्ने गर्दथे । यसरी पूरै विश्वभर फोनको शुरूवातमा हेल्लो शब्द प्रचलनमा आयो । यसमा थोमस एडिसनको देन छ । हेल्लो पुरानो जर्मन शब्द हालाबाट बनेको थियो ।

  • विभिन्न एजेन्सीको सहयोगमा

प्रतिकृया