• 9:49 pm

सभामुखलाई समय दिन महान्यायाधिवक्ताले गरे आनाकानी, बल्लतल्ल एक घन्टा

प्रकाशित मिति

२०७८ असार १३ गते, आईतवार ०३:५१

काठमाडौँ : संसद विघटनसम्बन्धी रिटका लागि रिट निवेदक पक्षलाई बहसका लागि दिएको १२ घन्टाको समय सकिएको छ। सोमबारदेखि रिट निदेवनका विपक्षका लागि तोकिएको १२ घन्टाको समय सुरु हुने छ। सुनुवाइका क्रममा महान्यायाधिवक्ता रमेश बडालले प्रधानमन्त्री, राष्ट्रपति र सभामुख रिट निवेदनका विपक्षी भए पनि उनले रिट निवेदककै पक्षको गतिविधि गरिरहेकाले आफ्नो पक्षलाई तोकिएको समयभन्दा उनलाई समय दिन नसक्ने जिकिर गरे।


सभामुखले मागेको तीन घन्टाको समय आफूले दिन नसक्ने उल्लेख गर्दै महान्यायाधिवक्ता बडालले उनलाई बढीमा एक घन्टा समय दिने उल्लेख गरे । इजलासले संसद विघटनसम्बन्धी रिटमा पक्ष र विपक्ष दुवैलाई बहस र जवाफ दिने समय गरी १५ घन्टाको समय तोकेको थियो।


आफ्नो पक्षलाई तोकिएको १५ घन्टाबाट सभामुखलाई बढीमा एक घन्टाको समय दिने उल्लेख गरेपछि आइतबारको इजलासबाट न्यायाधीश ईश्वर खतिवडाले ‘इजलासको तर्फबाट सभामुखलाई थप आधा घन्टा दिने’ जानकारी गराएका थिए।

प्रतिकृया