• 1:16 am

गण्डकी सरकारको अस्थायी कार्यविभाजन, मनाङे फेरि पनि विनाविभागीय

प्रकाशित मिति

२०७८ असार १३ गते, आईतवार ०२:००

काठमाडौँ : गण्डकी मन्त्रिपरिषद्मा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।


राजिव गुरुङ (दीपक मनाङे) लाई भने कुनै जिम्मेवारी दिइएको छैन । त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय नै छन् । मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए ।

प्रतिकृया