• 3:35 pm

थप २०१६ जनामा कोरोना संक्रमण, ४९१४ जना संक्रमणमुक्त,३० जना संक्रमितको मृत्यु

प्रकाशित मिति

२०७८ असार १२ गते, शनिबार ०४:४३

काठमाडौँ : नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ। यस्तै गत चौबीस घन्टामा ४ हजार ९ सय १४ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।


देशभर हालसम्म ४२ हजार २४ सक्रिय संक्रमित रहेका छन्।शनिबार ४ हजार ७ सय ४ जनाको पीसीआर तथा ४ हजार ८ सय ६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको हो।

प्रतिकृया