युरो प्रिक्वाटर फाईनलको पहिलो खेलमा वेल्स र डेनमार्क प्रतिस्पर्धा गर्दै
प्रकाशित मिति
२०७८ असार १२ गते, शनिबार ०३:४६

काठमाडौँ : युरो २०२० को समूह चरणका खेल सकिदा टोलिहरु नकआउट चरणका लागी तयार भएका छन् । अझै रोमाञ्चक र प्रतिस्पर्धातमक चरण प्रिक्वटर फाईनलको पहिलो खेलमा वेल्स र डेनमार्क प्रतिस्पर्धा गर्दै छन् । एम्स्टर्डममा खेलिने वेल्स र डेनमार्कको बीचको म्याच नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजेबाट सुरु हुने छ ।
दुबै पक्ष क्रमश ग्रुप ए र ग्रुप बी उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । आजका खेलको लागी वेल्स र डेनमार्कको एक मात्र लक्ष्य क्वाटर फाइनलमा स्थान बनाउने हुने छ । आज पराजित टोलि अघिल्लो चरण पुग्न असक्षम हुने छ र घर फर्कने छ । समूह चरणको अन्तिम खेलमा इटालीविरुद्ध हारको सामना गरेको ड्र्यागनस बाउन्स ब्याक गर्ने योजनामा हुने छ । हेड कोच रोब पेजले आफ्नो साईडमा केहि परिवर्तनहरू गरेका छन् ।
समूह बीको अन्तिम खेलमा रसियालाई ४–१ ले पराजित गर्दै काया पलट गरेको डेनमार्क आज पनी चमत्कारी खेल प्रदर्शन गर्ने योजनामा छ । रसियाविरुद्ध खेल्नु अघी समूहको पुछारमा रहेको डेनमार्क विशाल जित सहित समूह बीको उपविजेता बन्न पुगेको थियो । यस अघि दुई पक्षहरू बीच १० खेलिदा डेनमार्कले ६ जीत र वेल्सले चार जित निकालेको छ।
इथान एम्पाडु एक मात्र खेलाडी हुन् जो डेनमार्कविरुद्ध मैदान बाहिर रहने छन् । उनले इटालीविरुद्धको खेलका दैरान झडप गरेका थिए र उनी निलम्बित छन् । यस बाहेक टिममा कुनै प्रकारको चोटवा निलम्बनको समस्या छैन । डेनिश डायनामाइट क्रिश्चियन एरिक्सनविना मैदान उत्रने छैनन् । अस्पतालबाट डिस्चार्ज भएपछि स्वास्थ्यलाभ लिई रहेका छन् । तर हूलमण्डसँग अन्य मुख्य खेलाडीहरू छन् जस्ले देशलाई अन्तिम ८ मा स्थान दिलाउन सक्ने छन् ।
वेल्स सम्भावित सुरुवाती ११ (४–५–१)
ड्यानी वार्डस कन्नर रोबर्ट्स, क्रिस मेफम, जो रोडन, बेन डेभिसस डेनियल जेम्स, आरोन राम्से, जो एलन, जो मोरेल, ग्यारेथ बेल र काईफर मूर ।
डेनमार्क सम्भावित सुरुवाती ११ (३–४–२–१)
कास्पर स्मीचेलस एण्ड्रियास क्रिस्टेसेन, साइमन काजेर, जेन्निक वेस्टरगाडस डेनियल वास, पियरे–एमाइल होजबर्ग, था‘मस डेलानी, जोकिम महेलेस मार्टिन ब्रेथवेट, मिक्काल डम्सगार्ड र युसुफ प्याल्सेन ।
प्रतिकृया