योङ बिजनेस एक्जेक्युटिभ फोरम गठन
प्रकाशित मिति
२०७८ असार १२ गते, शनिबार ०१:५२

काठमाडौँ : आयात निर्यात कर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन् । संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको छ । फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ ।
ज्ञान आदानप्रदान, नविन विचारको प्रवद्र्धन तथा व्यवहारिक सिकाइ र सूचना आदानप्रदान मार्फत व्यवसाय क्षेत्रमा सक्षम युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनिल कुमार वंशलले जानकारी दिएका छन् । फोरमले युवा व्यवसायीलाई व्यवसायका असल अभ्यासहरु सिकाउँदै उनीहरुको दक्षता र क्षमता प्रवद्र्धन गर्नेछ । यसले गतिशील कर्पोरेट जगतको चुनौती सामना गर्न सक्ने नेतृत्व तयार हुने विश्वास संघले लिएको छ । फोरमको सल्लाहकारमा सुशील गुप्ता छन् । उपाध्यक्षमा जयन्त अग्रवाल र महासचिवमा सुमित कुमार वंशल (धानुका) रहेको संघले जानकारी दिएको छ ।
त्यसै गरी, द्विपक्षीय व्यापार र सम्बन्धको जिम्मेवारी सलोनी सेठियाले पाएकी छिन् । आयात निर्यात व्यापार प्रावद्र्धन विभागको जिम्मेवारी प्रवेश अग्रवाललाई र नेटवर्क तथा सदस्यता अभियानको जिम्मेवारी कुशलसुन्दर श्रेष्ठलाई दिइएको छ । शुक्रबार काठमाडाैँमा आयोजित एक समारोहमा संघका अध्यक्ष वशंलले व्यानर अनावरण गरी फोरम सार्वजनिक गरेका हुन् ।
प्रतिकृया